खगराजलाई दीपक मनाङेको समर्थन


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
4.3K
SHARES

२५ चैत पोखरा । गण्डकी प्रदेशमा गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न लागिएको हो ।

मनाङे पनि अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका २२, माओवादीको ८ र दिपक मनाङेको समर्थनसहित अधिकारीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी गरेका हुन् ।