सभामुख धितालले खोलिदिए यसरी पोल, मुख्यमन्त्री अधिकारी समस्यामा
२६ चैत पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी बिखलवन्दमा परेका छन्। सर्वोच्च अदालतको नजिरविपरीत सभामुखसहित माओवादीका ८, एमालेका २२ र एक स्वतन्त्र सांसदको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री बनाइएको थियो।
सभामुख कृष्णप्रसाद धितालको सांसद पद पनि गणना गरेर संविधान मिचिएको भनेर तीव्र आलोचना भइरहेको छ। तर, सभामुख धितालले भने सरकार गठनमा आफू सहभागी नभएको बताएका छन्। उनले भने, ‘डाटाअनुसार साथीहरूले संख्या पेस गरेका होलान् । मसँग कुनै सरसल्लाह केही पनि भएन यसबारे । म सहभागी हुने कुरा भएन नि। साथीहरुले छलफल गरेका पनि छैनन् । कसरी जाने भन्ने कुरा त प्रदेश प्रमुखको कुरा भयो।’