हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २६ २०८०
9.1K
SHARES

२६ चैत विराटनगर । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरू गरेका हुन् ।कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख कार्यालयमा पुगेको छ । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले औपचारिक आव्हान नगर्दै गठबन्धनले दाबी प्रस्तुत गरेको हो । मुख्यमन्त्री कार्की राजीनामा पनि नबुझाउने र विश्वासको मत पनि नमाग्ने अडानमा छन् ।