अतिथिको माइन्युटमा हस्ताक्षर गरेको हुँ – दिपेश पुन


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ४ २०८१
8K
SHARES

४ वैशाख काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा हिजो मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले जीबी राई, ओमप्रसाद गुरुङ, दिपेश पुन, दुर्गा चापागाईं लगायत २८ जनालाई प्रतिवादी बनाएको छ ।

झण्डै आठ हजार बचतकर्ताको ९६ करोड रुपैयाँ हिनामिना गर्नेमध्ये हालसम्म छ जना मात्रै पक्राउ परेका छन् । तीमध्येका एक पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पनि हुन् । सहकारीको सचिव हुँदा उनले पेश्कीस्वरुप तीन लाख रूपैयाँ लिएको सरकारी वकिलको अभियोगपत्रमा उल्लेख छ । तर पक्राउ परेका पुनले आफूमाथि लागेका सम्पूर्ण आरोप सत्य नभएको बयान दिएका छन् ।

सहकारीका संरक्षक जीबी राईले आफूलाई थाहा नदिई सचिव बनाएको पुनको तर्क छ । सहकारीको साधारण सभामा कार्यक्रममा अतिथिको रुपमा मात्र गएको उनले बताए ।  ‘संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो’, बयानमा भनेका छन्, ‘अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिएर रजिष्ट्ररमा हस्ताक्षार गरेकोसम्म मलाई याद छ, अन्य कुराहरू मलाई याद भएन ।’

पुनले त्यतिबेला आफूले सचिव पदमा नभएर सामान्य उपस्थितिको माइन्युटमा मात्रै हष्ताक्षर गरेको दाबी गरेका छन् । जीबीले आफूलाई सहकारीको सचिव बनाएको दुई महिनापछि मात्रै थाहा पाएको उल्लेख गरे । ‘कार्यक्रम सकिएको करिब दुई महिनापछि संस्थाका कार्यकारीले जिबी राईले तपाईंलाई सचिवको रूपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौँ भन्ने जानकारी गराएका थिए,’ उनले सम्झँदै भने ।