सुहाङले इलाममा चुनाव हारे घाटा हुन्छ – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ५ २०८१
5.6K
SHARES
५ वैशाख इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङले चुनाव हारे इलामलाई घाटा हुने बताएका छन् ।
इलामको मङ्गलबारे बजारमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले भने, ‘यहाँबाट चुनाव हार्ने हो भने सुहाङलाई होइन, इलामलाई घाटा पर्नेछ ।’
एमालेमा युवाको पंक्ति सामेल गर्नका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको ओलीले बताए । ओलीले भने, ‘सुहाङ योग्य उम्मेदवार हुन् । उनलाई सुवास नेम्वाङका छोराको रूपमा मात्र इलाम २ का मतदाताले हेर्ने छैनन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट