मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन , कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ६ २०८१
3K
SHARES

६ वैशाख काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो । आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ ।

यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । उक्त दुई दिनको समय आज साँझ सकिनेछ ।

सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् ।
mukhyamantri-niukti-aahwn--1713271134-1713406616.jpg