सुन तस्करी मुद्दामा दीपेश पुनमाथि अनुसन्धान हुदै
६ वैशाख काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ । समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले भने– ‘बुटवलबाट काठमाडौँ ल्याएर अनुसन्धान गर्छौं ।’