प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ७ २०८१
10K
SHARES

७ वैशाख काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहालको युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।  वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) पाण्डे केही दिनअघि मात्र माओवादी केन्द्रमा फर्किएका थिए। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।

वामपन्थी शक्तिहरूबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको उल्लेख गर्दै माओवादीमा फर्किनुबारे पाण्डेले लेखेका थिए, ‘सुशासन, समृद्दि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ । आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवश्यक छ ।’