नेता मानन्धरले दिए एमालेबाट राजीनामा


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ९ २०८१
16.7K
SHARES

९ वैशाख पोखरा । स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष  दुबै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । जिल्ला कमिटीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै गाउँपालिका अध्यक्ष र एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

‘…दोश्रो पटक चुनावमा गठबन्धनलाइ पराजित गरि २ पटक जितेको म जस्ता ठेट्नाहरुको पाटीमा कुनै स्थान र मुल्याङ्कन नरहेको कारणले यो पार्टीमा बसिरहन मनले मानेन,’ उनले लेखेका छन् ।

एमाले सचिव पद्मा अर्याल र नारायण मरासिनिले गोजीबाट नाम निकालेर ९ जिल्ला कमिटि पदाधिकारीमा बनाएको उनले आरोप लगाएका छन् ।