पूरै अवधि यो समीकरण जान्छ – प्रधानमन्त्री
९ वैशाख कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले-माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा-परिचर्चालाई खारेज गरे ।
उनले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रचण्डले सुनाए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका छन् ।