म राजीनामा दिन्नँ – गृहमन्त्री लामिछाने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १२ २०८१
3.5K
SHARES

१२ वैशाख काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले सहकारी पीडितहरूको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए ।

के मैले कांग्रेसले भनेर राजीनामा दिनुपर्ने ? कांग्रेस, जो नेपाली जनतालाई नक्कली भुटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त इतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरूलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झन्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन,” उनले भने ।