गठबन्धन रहने कि नरहने ओलीमा भर पर्छ – उपमहासचिव यादव


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १३ २०८१
15.1K
SHARES

१३ वैशाख काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव मातृकाप्रसाद यादवले सत्ता समीकरण रहने वा नरहने विषय एमाले अध्यक्ष केपी शर्मा ओलीमा भर पर्ने बताएका छन् । वर्तमान सरकार ढाल्न कांग्रेस र एमालेबिच पहिलेदेखि नै कसरत भए पनि सफल नहुने उनको बुझाइ छ । ‘कांग्रेस र  एमालेबिच समीकरण बनाउन अहिलेदेखि भएको होइन ।

चुनाव भएदेखि नै भएको हो । यी कसरत कुनै नयाँ विषय होइन । त्यो चलिराखेकै छ । समीकरण भत्काउन गगनजी लगायत नेताहरू लागिराख्नु भएको छ । बोलिराख्नुभएको छ । तर तत्काल सरकार ढल्ने म देख्दिन । यो समीकरण रहने वा नरहने विषय ओलीमा भर पर्छ । उहाँले चाहनुभयो भने रहन्छ, चाहनु भएन भने रहँदैन’, बिहीबार  कुरा गर्दै उनले भने । साथै नयाँ समीकरण बनाउने बेला संघको मात्र हिसाब किताब भएकाले समस्या आएको उनको बुझाइ छ । समीकरण भत्काउनुअघि सबै प्रदेशको हिसाब गरेको भए समस्या नआउने उनको भनाइ छ ।