एमालेको मतान्तर बढ्दै, कसको कति मत ?


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १६ २०८१
4.9K
SHARES

१७ वैशाख काठमाडौं । इलाम–२ प्रतिनिधिसभा उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५०२७ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्का ३७५९ मतसहित दोस्रो स्थानमा रहेका छन् । एमाले र कांग्रेसबीच १२६८ को मतान्तर रहेको छ ।

चुलचुली गाउँपालिकाको वडा नम्बर १ को परिणाममा पहिचान पक्षधर स्वतन्त्र उम्म्ेदवार डेकेन्द्र थेगिमले १९३० मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ७६० मत प्राप्त गरेका छन् ।