सुहाङलाई १९०० मतको अग्रता , अरू कसको कति?
१७ वैशाख काठमाडौ ।इलाम २ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को गणना सकिँदा ७ हजार ३३ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार १ सय ९ मत ल्याएर पछ्याइरहेका छन्।एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ९ सय २४ छ।तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन हजार ५ सय १३ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूले एक हजार १ सय २ मत पुर्याएका छन्। एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २ सय ३५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरूङले ४३ मत ल्याएका छन्।