इलाम- २ को ताजा मत परिणाम : कसले कति ल्याए?


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १७ २०८१
3.9K
SHARES

१७ वैशाख इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले करिब २३ सय मतकाे अग्रता बनाएका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६७७ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्।डम्बरभन्दा सुहाङ २२८२ मतले अगाडि छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११६२ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२, ३, ४ र ५ मा गणना भइसकेकाे छ।