इलाम-२ अपडेट : २४ हजार ७३८ मत गनिसक्दा कसले कति ल्याए? (सूची)


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १७ २०८१
6.1K
SHARES

१७ वैशाख काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ। कूल खसेको ६९ हजार २ सय ८७ मतमध्ये यो खबर तयार पार्दासम्म २४ हजार ७ सय ३८ गनिसकिएको छ। अहिलेसम्म २ सय ६१ बदर भएका छन्। यहाँसम्म आइपुग्दा सबैभन्दा अगाडि एमाले उम्मेदवार सुहाङ नेम्बाङ छन्। उनले अहिलेसम्म १० हजार ३ मत ल्याएका छन्।  यसपछि कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्काले अहिलेसम्म ६ हजार ९ सय ४४ मत पाएका छन्।

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ५ हजार ५९१ मत प्राप्त गरेका छन्। यसपछि रास्वपा उम्मेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४४३ मत ल्याएका छन्। उनीहरूसहित इलाम २ मा जम्मा १९ उम्मेदवार छन्।

हेराैँ कसले कति मत ल्याए अहिलेसम्म?

१. सूर्य – १०००३

२. रूख – ६९४४

३ .घण्टी – १४४३

४. हलो – ५०

५. लाउड स्पिकर – ५९

६. कलम – २५८

७. मादल – १२

८. कुखुराको भाले – २२९

९. तीर – १५

१०. गोरुगाडाको चक्का पाङ्ग्रो – ५७

११. उडिहरेको माहुरी – २

१२. षट्कोण – १७

१३. डोजर – २२

१४. मुढा – ५५९१

१५. महिला – ०

१६. सिरिन्ज – १८

१७. माछा – ३

१८. कैँची – २

१९. जुँगासहितको अनुहार – १३