मिलन लिम्बुले आफ्नै वडाबाट पाए ९६ मत


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १७ २०८१
3.4K
SHARES

१७ वैशाख इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुलाई आफ्नै वडाबाट कम मत प्राप्त भएको छ । उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो ।

यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।  मिलनको वडामा एक हजार ४०७ मत  खसेको थियो । यहाँबाट एमालेले पहिलो नम्बरमा मत पाएको छ । एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पायो । पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ३१७ मत पाए ।