सुहाङ ६,४३९ मतले अगाडि, रास्वपाले कटायो ३ हजार मत
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १७ २०८१
3.9K
SHARES
१७ वैशाख विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणना अन्तरगत १२ वटा वडाको मत गन्न बाँकी हुँदा एमालेले १९,११४ मत पाएको छ ।कांग्रेसले भने १२,६७५ मत पाएको छ । एमाले र कांग्रेसकाबीचमा ६,४३९ मतको अन्तर रहेको छ ।
कांग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट