ताजा अपडेट : ९ वडा गन्न बाँकी, कसको कति मत?
१७ वैशाख काठमाडौ । इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ। इलाम- २ का ४२ वडामध्ये अब जम्मा ९ वडा गन्न बाँकी छ। अहिलेसम्म ५२२७३ मत गणना भइसकेको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार उनले २१३८० मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४७५२ मत पाएका छन्।तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले १०१४६ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३६०३ मत पाएका छन्।
इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो। २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।