आजको यहिदिन देख्नको लागि म आठ बर्ष जेल बसेको रहेछुँ – रेशम चौधरी


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
6.9K
SHARES

१८ वैशाख काठमाडौ ।  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र ‘संरक्षक’ रेशम चौधरीबीच पार्टी सञ्चालनबारे भएको सहमति चार दिनमै भत्केको छ । गत शनिबार पार्टी चलाउने र सरकारमा सहभागी हुनेबारे दुईबीच काठमाडौमा सहमति भएको दाबी गरिएको थियो ।

उक्त सहमतिपछि दुवै जनाले सामाजिक सञ्जालमा आफूहरूको राजनीतिक र पारिवारिक सम्बन्ध ठीकठाक रहेको  सन्देश प्रवाह गर्न खाेजेका थिए । तर, उक्त दिन भएको भनिएको सहमति चार दिनमे भंग भएपछि रेशम विक्षिप्त बनेका छन् ।

सामाजिक सञ्जालमा उनले मंगलबार राति २० मिनेटको फरकमा सातवटा स्टाटस लेखेका छन् ।

जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्नुस् तर म पहिचानको आन्दोलनलाई बिस्थापित गर्न सक्दैन । आजको यहिदिन देख्नको लागि म आठ बर्ष जेल बसेको रहेछुँ । मेरो श्री सम्पतिमा आगो लागेको सहें,तीन बर्ष प्रवास सहें । जेल नेल सहें । आरोप प्रत्यारोप सहें । अब सहन के नै बाँकी छ र ?

जसमा उनले सुदूरपश्चिम र लुम्बिनी सरकारबाट फिर्ता हुने सहमति भंग भएकाे र अब आफू यहाँभन्दा धेरै बेचिन तयार नरहेको आशय व्यक्त गरेका छन् ।

साथै उनले पार्टीका नेता कार्यकर्ताहरूलाई जता फाइदा हुन्छ उतै लाग्न आग्रह पनि गरेका छन् । नाउपाकी प्रदेशसभा सदस्य टीका थापाले मंगलबार मात्रै सुदूरपश्चिम सरकारमा मन्त्रीको शपथ लिएकी थिइन् ।

तर, रेशमले भने नाउपा कुनै पनि सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । फेसबुक स्टाटसमा उनले सम्बन्ध सबै समाप्त भएकाो घाेषणा पनि गरेका छन् । उनले आफूले भने पहिचानको आन्दोलन छोड्न नसक्ने बताएका छन् ।

Screenshot