प्रचण्डले खोलो तर्यो लौरो बिर्सिए – डा. भट्टराई
१९ वैशाख काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् । बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए ।
निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको गुनासो गरे । उनी सत्ताका लागि जे पनि गर्ने व्यक्ति भएको भन्दै भट्टराईले समाजवादी यात्रामा जान माओवादी तयार भएपछि सहयोग गरेको प्रस्टीकरण दिए ।
त्यतिबेला पार्टी एकीकरणको कुरा कतै नभनिएको दाबी गर्दै पछि प्रचण्डले खोलो तर्यो लौरो बिर्सियो गरेको आरोप लगाए । हिजो पानीमा भिजेको बिरालो जस्तो मान्छे चुनाव जितिसकेपछि शेर जसरी गर्जिन थालेको आरोप लगाए । अहिले आफू साना सङ्ख्यामा भए पनि अन्तिममा आफ्नै एजेन्डाले जित्ने उनले दाबी गरे ।