डिल्लीराम खनाल पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १९ २०८१
9.2K
SHARES

१९ वैशाख काठमाडौ । सामाजिक सञ्जालको माध्यमबाट भ्रम फैलाउने डिल्लिराम खनाललाई प्रहरीले पक्राउ गरेको छ।सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जाल मार्फत् सहकारी प्रकरणमा फरार जिबि राईको हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएका थिए।

‘नेपाल प्रहरीको वेभसाईडमा सो भिडियो प्राप्त भएपछि परिसरबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको छ।’ उनले भने।