मध्येराति गृहमन्त्री लामिछाने सुटुक्क ओली निवास बालकोटमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २० २०८१
5.1K
SHARES

२० वैशाख काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष ओलीसँग भेट गर्न उहाँ गएराति ९ बजे मन्त्री निवास पुल्चोकबाट बालकोट जानुभएको थियो ।इलाम २ मा प्रतिनिधिसभा सदस्य तथा बझाङमा प्रदेश सभा (१) सदस्यको उपनिर्वाचनपछि उहाँहरुबीच कुराकानी भएको हो । इलाममा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा रहे पनि जमानत जफत भएको छ ।

यता, सहकारी संस्थाको रकम दुरुपयोगमा मन्त्री लामिछानेको संलग्नता रहेको आरोप झन् चर्कंदै गएको छ । कानुन व्यवसायी युवराज सफलले उनीविरुद्ध पुनः सर्वोच्चमा मुद्दा दायर गरेका छन् । रविले अमेरिकी र नेपाली दोहोरो राहदानी दुरुपयोग गरेको रिटउपर जेठ २९ गतेलाई सर्वोच्चमा पेशी तोकिएको छ ।