सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने पहल भइरहेको छ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २२ २०८१
5.9K
SHARES

२२ वैशाख काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणबारे संसदीय छानविन समिति बनाउन पहल भइरहेको बताएका छन्।शनिबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्को आगामी बैठकमा ठोस निर्णय हुन सक्ने बताएका हुन्।

‘सहकारीको जटिलता गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ‚’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने‚‘कुनै नेतालाई ताकेर होइन‚समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु।’उनले संसदको अधिवेशन आह्वान गरिएको तर चल्ने नचल्ने निश्चित नभएको पनि बताएका छन्।