सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
3K
SHARES

२६ वैशाख काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको सुरूङ ब्रेक थ्रु गरेका हुन् ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुली-सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू गरिएको छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रू गरिएको हो ।

२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको यो आयोजनाले सुनकोशीको पानीलाई मधेशश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउनु होतराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाई सुविधा पुर्‍याउने उद्देश्य यो योजनाको रहेको छ ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पुर्‍याइने छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको यो योजनालाई उनले मधेश प्रदेशको समुन्नतिको प्रमुख आधारशिला भनेर व्याख्या गरेका थिए ।