माछापुच्छ्रे बैंकले जित्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधी


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
2.2K
SHARES

२६ वैशाख काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि पाएको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रे बैंकले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग-यो । माछापुच्छ्रे बैंकको जितमा निशेष के.सीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

बैंकले आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको छ ।