सिरोहियालाई अदालत लगिँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ९ २०८१
2.4K
SHARES

९ जेठ जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले धनुषा जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।उनलाई अदालतमा उपस्थित गराउन लागेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत आसपास ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । अदालत जाने सडकमा प्रहरीले बेरियर (घेरा) हालेको छ । अदालतमा प्रवेशमा समेत कडाई गरिएको छ । सम्भावित प्रदर्शनको मध्यनजर गर्दै अदालत क्षेत्रमा प्रहरी परिचालन गरिएको धनुषा प्रहरीले जनाएको छ ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । लगत्तै सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपका केन्द्रीय कार्यालयबाट मंगलवार साँझ पक्राउ परे ।अध्यक्ष सिरोहियालाई आजबाट जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको छ ।