६ किलो सुन र ४८ लाख नगदसहित एकजना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ४ २०८१
5.5K
SHARES

३ असार काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ किलो सुनसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

तिब्बतीयन मूलका नेपाली नागरिक ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । अहिले सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।