बजेट राम्रो भएकाले बहुमतले पास भयो – अध्यक्ष ओली
१२ असार काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् ।मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा बजेट राम्रो रहेको बताएका हुन् । “राम्रो छ र बहुमतले पास गर्यो,” उनले भने ।
तर, यसअघि बजेट आएलगत्तै ओलीले संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका थिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाएको विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए ।