भुक्तानी सम्बन्धी नयाँ एकीकृत निर्देशन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १५ २०८१
2.2K
SHARES
१४ असार काठमाडौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ एकीकृत निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थाका लागि एकीकृत निर्देशन जारी गरेको हो।केन्द्रीय बैंकले एकीकृत परिपत्रका ८ वटा दफा तथा उपदफामा संशोधन गरेको छ।यो व्यवस्था लागू भएसँगै नेपाली व्यवसायीहरुका लागि वस्तु तथा सेवा बिक्रीबापतको भुक्तानी भारतबाट ल्याउन सहज हुने छ।
जसअनुसार राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (एनपीएसं पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सोअन्तर्गतको रिटेल पेमेन्ट स्विच (आरपीएस)का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु १ लाख जम्मा हुने गरी पारिश्रमिकबापत सटही सुविधा (पर्सनल पेमेन्ट वा पी टु पी ट्रान्सफर) प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। तर, यस्तो सटही सुविधा सीमासमेत लागू हुने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवस्था मिलाउनुपर्ने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट