भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीक थापा पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१
3.9K
SHARES

१४ असार काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए ।

उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो ।