बढ्यो पेट्रोलियम पदार्थको मूल्य


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १७ २०८१
3.1K
SHARES

१६ असार काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो।

हवाइ इन्धन र एलपी ग्यासको मूल्य यथावत् छ। नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।