साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २० २०८१
2.8K
SHARES

१९ असार काठमाडौ । नेपाल राष्ट्र बैंकले साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति ल्याउने राष्ट्र बैंकले तयारी गरेको छ । राष्ट्र बैंक यतिबेला विभिन्न निजी क्षेत्र, सरकारलगायतसँग सुझावहरु संकलन गर्ने काम गरेर लेखनको चरणमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि असार १६ गतेभित्र सुझाव मागेको थियो । यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएका लक्ष्यहरु प्राप्ति गर्न सघाउ पुग्नेगरी आगामी मौद्रिक नीति आउने बताएका छन ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउने गरी ल्याइने जानकारी समेत दिएका छन् । गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति तुलनात्मक रुपमा खुकुलो हुने बताउँदै आएका छन् । गभर्नर अधिकारीले कर्जा लगानी विस्तार हुने गरी खुकुलो मौद्रिक नीतिलाई निरन्तरता दिदै आगामी आवको नीति आउने बताइ नै सकेको अवस्था छ ।