निक्षेप ५ खर्ब १४ अर्बले बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २८ २०८१
1.9K
SHARES

२७ असार काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.५१४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.४४५ अर्ब १३ करोड (८.८ प्रतिशत) ले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ । २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.७ प्रतिशत रहेको थियो । २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । २०८० जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत रहेको थियो।