ललितपुरमा जुवातास खेल्ने पाँचजना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ३२ २०८१
2.2K
SHARES

३१ असार काठमाडौं । ललितपुर प्रहरीले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार प्रहरीले इमाडोलको रातामकैचोकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा इमाडोल बस्ने साजन गिरी, तस्बिर श्रेष्ठ, खेमबहादुर बुढाथोकी, याङ्वा शेर्पा, नील श्रेष्ठ छन् । उनीहरूको साथबाट प्रहरीले एक लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

रातामकैचोकको एक खाजा पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।