विद्युत् बक्यौता विवाद छिटो टुंग्याऔँ
२ साअन काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद सम्हालेको दोस्रो दिन नै उद्योगीहरुसँग भेट गर्दै निजी क्षेत्रमैत्री नीति अघि सारिने बताएका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारविना विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन्।
निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएको महासंघले जनाएको छ।
महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताएका थिए। निजी क्षेत्रविना अर्थतन्त्र सुधार हुन नसक्ने भएकाले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता ओलीको थियो। उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित थिए।
भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका थिए।