नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३ २०८१
2K
SHARES

३ साउन काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा लाजिम्पाटमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।