सेयर बजार २८ महिनाकै उच्च विन्दुमा
८ साउन काठमाडौं । मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो । २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।
बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५९१ विन्दुमा पुगेको छ ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु,समृद्धि फाइनान्स माण्डु हाइड्रोपावर हाथवे इन्भेस्टमेन्ट कम्पनी नेपाल वेयरहाउजिङ कम्पनी साहस ऊर्जा हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । युनिभर्सल पावरको ९.८ तथा पिपुल्स पावरको मूल्य ८.७ प्रतिशत बढ्यो ।