आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र बालाजु अटोबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१
1.9K
SHARES

१७ साउन काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि र अग्नि हायेर पर्चेज प्रा.लिले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

सो सम्बन्धी बालाजु अटो वर्कस प्रा.लि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन ।यस सम्झौता पछि महिन्द्रा ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउने छन ।

सो अवसरमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख (उपत्यका भित्र) श्रीराम भण्डारी साथै गोंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीद्वारा अग्नि ग्रुप तथा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।