हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१
1.8K
SHARES

१८ साउन काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महास‌ंघका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।

यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज  एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला  एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला  एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।