गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
2.5K
SHARES

२९ साउन काठमाडौं । सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति जारी दिएको हो।  स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा उनीमाथि उजुरी परेको स्याङ्जा प्रहरीका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार, गत साउन ११ गते सोही सहकारीका सञ्चालक जीवन वाग्लेलाई पक्राउ गरेको थियो।  सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए।