सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ३० २०८१
1.6K
SHARES

३० साउन काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।