कुमारी बैंक र नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ३० २०८१
2K
SHARES

३० साउन काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरमा रहेको नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच सम्झौता भएको छ ।सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर र कौशलटारस्थित सेवा केन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंकले जनाएको छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।