मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पसबीच समझदारी
५ भदौ काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङजाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसबी समझदारी भएको छ । चापाकोटमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गर्नेबारे दुई पक्षबीच सम्झौता भएको हो ।
उक्त समझ्दारी पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरे । यो समझ्दारी पाँच वर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताए ।