कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ सुधीरनाथ पाण्डे नियुक्त


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ५ २०८१
2.5K
SHARES

५ भदौ काठमाडौं । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो । उनले बुधबारदेखि बैंकमा डीसीईओ पदको कार्यभार सम्हालेका छन् । पाण्डेसँग साढे २ दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।

२०४६ सालबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेलेसँग विभिन्न बैंकहरूमा काम गरेको अनुभव छ । उनी ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए । कुमारी बैंकमा रामचन्द्र खनालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि उक्त बैंकमा  बनेमा डीसीईओ पद खाली थियाे ।