सेयर बजारमा पहिरो


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
3.1K
SHARES

११ भदौ काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको छ । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको बजार अन्तिम समयसम्म ३.८६ प्रतिशतले घट्दै २७८२.६० विन्दुमा झर्न पुगेको हो ।

नेपाल स्टक एक्सचेजका अनुसार १११.९६ अंकले नेप्से सूचक घटेको यसदिन २२३ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।  आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ ।