नेपाली छात्रालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१
5.4K
SHARES

१३ भदौ काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजना cपरेका छन् ।अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो ।

बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेकव हो ।पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९:४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।