एनएमबि बैंकले रु. ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १६ २०८१
2.9K
SHARES

१६ भदौ काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ।बैंक सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय बैठकले गरेको छ। बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार शेयर जारी गर्नेछ।