निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १८ २०८१
2.3K
SHARES

१८ भदौ  काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई राहत दिएको छ । निर्माण क्षेत्रमा प्रवाह भएको तर तीन महिनाभन्दा बढी साँवा ब्याज रोकिएर कर्जामा रुपान्तरण भएका कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले केही समय होल्ड गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसअघि यस्तो ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्था थियो । राष्ट्र बैंकले सूचना जारी गर्दै निर्माण क्षेत्रमा गएको कर्जाको किस्ता भुक्तानी ९० दिनभन्दा बढी रोकिएको अवस्थामा पनि भाखा नाघेको अवधिको आधारमा वर्गीकरण गरी सोहीबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ । निर्माण व्यवसायमा आएको शिथिलतालाई मध्यनजर गर्दै तत्काल कालोसूचीमा राख्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।