सुनको मूल्य चार दिनदेखि स्थिर


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २० २०८१
1.7K
SHARES

२० भदौ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यही भदौ १७ गतेदेखि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।